1100×100 Nabil Advert

सलिको दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.(सलिको) ले गते सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि. र ईलाका प्रहरी कार्यालय तुल्सिपुर-ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा दाङ्ग जिल्लाको तुल्सिपुर उपमहानगरपालिकाको सभाहलमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम संचालन गरिएको थियो ।

एसटीएन च्यानलका पत्रकार महेन्द्र महराद्वारा संचालित उक्त कार्यक्रम तुल्सिपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा ई.प्र.का तुल्सिपुर प्रमुख ठाकुर प्रसाद पोखरेल तथा जिल्ला स्थित बिभिन्न अटो प्रा.लि.का अध्यक्षहरु, सवारी चालक, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा सवारी दूर्घटना न्यूनिकरण सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय तुल्सिपुर प्रमुख ईश्वरी देवकोटाले प्रकाश पर्नु भएको थियो भने बीमा सचेतना सम्बन्धमा सलिकोका तुल्सिपुर शाखा प्रमुख तुफान सापकोटाले प्रकाश पर्नु भएको थियो ।

त्यसैगरी, यस प्रकारका कार्यक्रमलाई जिल्लाका विभिन्न स्थानमा संचालन गरिने जानकारी समेत गराईएको थियो । साथै कार्यक्रममा सहभागिहरुले दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

प्रकाशित समय १३:५७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु