1100×100 Nabil Advert

डा.गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरू गर्ने

काठमाडौं । अभियन्ता डा.गोविन्द केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले विपन्न वर्गदेखि सवै नेपालीको गुणस्तरीय, निःशुल्क, सस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँचका लागि साथै सुशासनका लागि बारम्बार सत्याग्रही आन्दोलन गर्दै आएको भन्दै आज पनि त्यसैका लागि अनशन बस्न लागेको जनााएका छन् ।

नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा नेताहरु भएका सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुलाई डुबाएर आफैं ती क्षेत्रमा व्यवसाय गर्नमा लिप्त भएको भन्दै यसको कारणले आम नागरिकहरुको जीवन दिनप्रतिदिन कठिन बन्दै गइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डा. केसीले विभिन्न माग अघि सारेका छन् । सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पु¥याउन उनको माग छ । यसअघि आफूहरुसित भएका सम्झौताहरु कार्यान्वयन गर्न पनि उनले माग गरेका छन् ।

यस्तै, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन माग गरिएको छ । डा.केसीले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअघि भएका सम्झौताबमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्नुपर्ने माग पनि राखेका छन् ।

यसैगरी, सय शैयाभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रमहरु शुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने माग पनि उल्लेख गरिएको छ ।

यस्तै, ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै यसअघि सम्झौता भएबमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने, सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागिकानुनी व्यवस्था गर्नुपर्ने माग पनि डा. केसीले अघि सारेका छन् ।

 

प्रकाशित समय १३:५० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु