इण्डोनेशिया भ्रमणमा स्टिकर भिषा अनिवार्य
काठमाडौं । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दूतावासले नेपालबाट इण्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इण्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत् ई-भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ ।
दूतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धि सम्पूर्ण कार्य इण्डोनेशियाको काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत् गर्न सुझाव दिएको छ ।
ई–भिषा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मुल्याकंन गर्दै दूतावासले अब उप्रान्त नेपालबाट इण्डोनेसिया प्रस्थान गर्दा ई-भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ ।
नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इण्डोनेसिया जाँदा भिषा अन एराईभलका लागि पहल भई राखेको जनाउदै नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इण्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएकोे जानकारी गराउनुभयो ।
प्रकाशित समय १६:३७ बजे





















