पर्यटकहरुलाई आकर्षित गर्न ‘सलिको गल्फ टुर्नामेन्ट’
काठमाडौं । रोयल नेपाल गल्फ क्लबले मंसिर १५ र १६ गते ‘सलिको गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्लबले टुर्नामेन्टबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा गल्फ क्लबका सिईअओ चंकी क्षेत्रीले गल्फ खेललाई निरन्तरता दिँदै राम्रोसँग काम गर्ने हो भने पर्यटकहरुलाई आकर्षित गरेर काम गर्न सकिने विश्वासका साथ टुर्नामेन्ट आयोजना गर्न लागेको जानकारी दिए ।
उनले भने, ‘गल्फ खेल नेपालमा अलि कम नै छ । हामीले सोचेको जस्तो धेरै छैन । यसको छुट्टै खालको बिशेषता पनि छ । हामीले निरन्तरता दिंदा र पर्यटकहरुलाई पनि यसमा आकर्षित गरेर काम गर्न सक्छौं ।’ यो खुल्ला टुर्नामेन्ट भएकाले जहाँबाट जसले पनि सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ । खेलमा विभिन्न १५ वटा विधामा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
प्रकाशित समय १५:३६ बजे





















