एनएमबि बैंकको नाफामा बृद्धि
काठमाडौं । एनएमबि बैंक लिमिटेडको खुद मुनाफामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ६.५३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित समय १७:५१ बजे





















