1100×100 Nabil Advert

हिमालयन बैंकको पहिलो त्रैमासमा देखियो प्रगति

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९८.३५ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले ५३ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । हिमालयन बैंकले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

समीक्षा अवधिसम्म हिमालयन बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, यो पनि गत आर्थिक वर्षको भन्दा ७५.८६ प्रतिशतले बढी हो । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसैगरी, सञ्चालन नाफा ९१.०४ प्रतिशतले बढेर १ अर्ब ५० करोड पुगेको छ । गत वर्ष उक्त नाफा ७८ करोड ९४ लाख रुपैयाँमात्र रहेको थियो ।

गत वर्ष २.३१ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर ४.६७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक छ । हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा १७ अर्ब ७ करोड रुपैयाँ जम्मा रहेको छ ।

प्रकाशित समय १७:२६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु