1100×100 Nabil Advert

नबिल बैंकको नाफा १ अर्ब ४६ करोड

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकले १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकद्वारा जारी पहिलो त्रैमासको वित्तीय रिपोर्टअनुसार पहिलो तीन महिनामा कूल १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्म बैंकले कूल १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफामा ५.५० प्रतिशतले कमी आएको देखिएको छ । यद्यपि समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कमाएको छ । बैंकको सञ्चालन आम्दानीमा भने ४.६८ प्रतिशतले घट्दै २ अर्ब १२ करोड ६१ लाख रुपैयाँमा बनेको छ । नबिल बंैंकको कूल चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित समय १२:५८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु