1100×100 Nabil Advert

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३३ प्रतिशतले बृद्धि

काठमाडौं । तत्कालीन मेगा बैंक नेपालसँग एकीकृत भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३३.४६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५ लाख रुपैयाँमात्र खुद नाफा कमाएको बैंकले चालू आवको पहिलो त्रैमासमा १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्म बैंकले खुद ब्याज आम्दानी ९५.४० प्रतिशतले वृद्धि हुँदै ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ५९.९० प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६० करोड ५४ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको वितरणयोग्य मुनाफा भने ८५ करोड ३२ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । बैंकको कूल ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित समय १२:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु