MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामूहिक शोरुमको उद्घाटन प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुले गर्नुभयो ।

शोरुमका सफलताका लागि शुभकामना दिनुहुँदै लिम्बुले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगतरुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निभाउने कुरा बताउनुभयो । साथै उद्योगमार्फत् रोजगारी सिर्जना गरी आर्थिकरुपमा योगदान पुर्‍याउनुभएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम अवधारणअन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यसअघि पोखरा, बुटबल र जनकपुरमा तीनवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराउनुभयो । न्यूरोड नेपाली जुत्ता घरमा विएफ डियर हिल र विएफ स्पोट, क्रस रोड, रोयल शुज, फस्टवाक शुज, डिजे शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन् ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु