मन्त्री किरातीले भेटे भालु आक्रमणमा परी गम्भीर घाइते राईलाई
काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले भालुको अक्रमणबाट गम्भीर घाईते अमृत राईलाई भेटेका छन् । भोजपुर खार्ताम्छा निवासी ३२ वर्षीय अमृत राई भालुको आक्रमणमा परि गम्भीर घाईते भएका थिए । विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत थिए । डाक्टरले उनको सल्यक्रिया गरेको थियो ।
आज मन्त्री किरातीले उनलाई अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन । किरातीले अस्पतालमा राईको स्वास्थ्य अवस्थाबारे बुझ्नका साथै प्रतिष्ठानकोे समसामयीक समस्याबारेमा सम्बद्ध अधिकारीसँग छलफल गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भालु आक्रमणमा परि गम्भीर घाईते भोजपुर खार्ताम्छा निवासी अमृत राईलाई हस्पिटलमा भेटियो उनको स्वास्थ्य स्थिती बुझियो । हस्पिटलको समसामयिक समस्या माथी मुख्य पदाधिकारीहरुसँग छलफल पनि भयो ।’
प्रकाशित समय १३:१० बजे



















