आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सञ्चालन हुने अल्टिमा अनलाईन मेलामा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ । अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाईन मेला’ मा बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजेसम्म एउटा अल्टिमा अटोम् ५ सय २० वा अल्टिमा अटोम ३ सय २० इएरबर्ड खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्काे एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाहरुमा आइएमई पे मार्फत् भुक्तानी गर्दा २५५ छुट प्राप्त हुनेछ ।
अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाईसम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेका सीइओ प्रविन रेग्मीले दिएका छन् ।
आइएमई पे को बारेमा : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याैट विनियमावली (२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत् सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत् विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
प्रकाशित समय १७:०७ बजे





















