1100×100 Nabil Advert

एलोप्याथिक र आयुर्वेदिक थेरापीको सम्मिश्रणसहित निर्भाना फिजियोथेरापी शुरु

काठमाडौं । प्राकृतिक र आधुनिक पद्धतिले उपचार गर्ने पद्धतिसहित निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ । काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको यो वेलनेस सेन्टरको नेपालका लागि मलेसियाली दूतावासका चार्ज डे अफेयर्स मोहम्मद फिर्दोस अजमानले उद्घाटन गरे ।

शहरी जीवनमा बढ्दो व्यस्तताले शारीरीक तथा मानसिक दबाब महशुस गर्नेहरुका लागि चिकित्सकीय मान्यताप्राप्त यो वेलनेस सेन्टरमा अनुभवी र अनुमतिपत्र प्राप्त विशेषज्ञ जनशक्तिबाट सेवा प्रदान गरिने सञ्चालक रजुल श्रेष्ठले जानकारी दिए । उनका अनुसार न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने नीतिअनुसार चिकित्सकहरुको सल्लाह, सुझाव र प्रत्यक्ष निगरानीमा वेलनेस सेवा सञ्चालानमा ल्याइएको छ ।

‘शारीरीक तथा मानसिक दुवै स्वास्थ्यको ख्याल गर्दै आधुनिक र प्राकृतिक चिकित्सा विधिको सम्मिश्रणको अवधारणामा सेवा प्रदान गर्ने लक्ष्यसहित हामीले निर्भाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टर सञ्चालनमा ल्याएका हौं,’ सञ्चालक श्रेष्ठले भने, ‘विशेषज्ञ चिकित्सकहरुले समेत हाम्रो उपचार पद्धतिलाई सिफारिस गरी प्रोत्साहन गरिदिनुभएकाले हामी थप उत्साहित छौं ।’
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मलेसियाली दूतावासका चार्ज डे अफेयर्स मोहम्मद फिर्दोस अजमानले संसारभर पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसमा मानसिक र शारीरीक समस्या देखिएकाले यसको उपचारका लागि पूर्वीय र पश्चिमा उपचार पद्धतिको सम्मिश्रण जरुरी रहेको र यो आवश्यकता नेपालमा निर्भानाले पूरा गर्ने धारणा राखे ।

हाडजोर्नी विशेषज्ञ प्रा.डा.बुलन्द थापा र न्यूरोलोजिष्ट डा. रवीन्द्र श्रेष्ठले दुर्घटनापछि प्रारम्भिक उपचार अस्पतालले गर्ने भए पनि मानिसलाई सामाजिक जीवनमा फर्काउन फिजियोथेरापीको ठूलो महत्व हुने भन्दै निर्भानाजस्तै वेलनेस सेन्टरको आवश्यकता मुलुकलाई रहेको धारणा राखे ।
निर्भानाले नेपालमा एलोप्याथिक र आयुर्वेदिक थेरापीहरूको अनुपम मिश्रण प्रदान गर्दै योगिक र अस्टियोप्याथिक सिद्धान्तहरूलाई एकीकृत गर्ने उपचार उपलब्ध गराउँदै आएको छ । जहाँ परम्परागत र आधुनिक उपचारहरू निर्बाध रूपमा एकीकृत गरिएको उल्लेख छ । उपचार प्रक्रियाको लागि शान्त र शान्तिमय वातावरण सिर्जना गर्न अत्याधुनिक सुविधाहरूसहित डिजाइन गरिएको सञ्चालक श्रेष्ठ बताउँछन् ।

सेन्टरका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालका अनुसार निर्भानाले न्यूनतम शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ । ‘हाम्रो सेवा न्यूनतम २ सय रुपैयाँदेखि ३ हजारसम्म निर्धारण गरिएको छ,’ उनी भन्छन्, ‘यो शुल्क काठमाडौंमा रहेका फिजियोथेरापीहरुमध्ये सबैभन्दा सस्तो हो ।’

प्रकाशित समय १३:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु