1100×100 Nabil Advert

‘साउथ एशिया कराते कप-२०८०’ मा बझाङका सुदीप प्रथम

भातेखोला (बझाङ) ।  साउथ एशियन कराते प्रतियोगिता-२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाउनुभएको छ । भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेल्नुभएका कठायतले ५५ केजी तौलबाट प्रथम हुनुभएको हो ।

जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको हो । अठार वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गर्नुभएको हो । समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका-२ बाडेगाउँको स्थायी निवासी हुनुहुन्छ ।

प्रकाशित समय २३:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु