1100×100 Nabil Advert

बजार भाउ नियन्त्रणमा साल्ट टेडिङ्गको भूमिका महत्वपूर्ण : मन्त्री रिजाल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट टेडिङ्गको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । साल्ट टेडिङ्गको ६१ औं वार्र्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले जनतालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा साल्ट टेडिङ्गले काम गर्दै आएको भन्दै मूल्य समायोजनामा यो संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘आम जनताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गर्न पाउँन पर्छ भन्ने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा यस संस्थाले अब्लम्बन गरिरहेको छ । मूल्य वृद्धिले उपभोक्तालाई मार नपरोस भनेर सरकारले नियमित बजार अनुगमन गर्नुको साथै आफू अन्तरगतका संस्थाहरु मार्फत् बजार भाउ नियन्त्रणमा भूमिका खेल्दै आएको छ र त्यसमा साल्ट टेडिङ्गको भूमिका महत्वपूर्ण छ ।’

यस्तै, उनले आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न सके संस्थाको महत्व अझै बढ्ने बताए । उनले भने, ‘आगामी दिनमा पनि यो सक्रियता कायम नै रहने विश्वास लिएको छु । साथै आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योग्दान पुर्‍याउँन सकेमा संस्थाको महत्व अझै बढ्छ ।’

नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउँने आफ्नो मूल्य र मान्यतालाई अवलम्बन गर्दै सेवा पुर्‍याउन गरेको प्रयास प्रशंसा योग्य भएको पनि उनको भनाई छ ।

प्रकाशित समय १३:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु