नाडा अटो शोमा १५ अर्ब बढीको कारोबार हुने व्यवसायीको अनुमान
काठमाडौं । नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । आज एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले शोको उद्घाट गरेका हुन् । शो भदौ ३१ गतेसम्म चल्ने छ । अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् ।
अटो शोमा १ सय २० वटा स्टल रहेका छन् । जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस र पार्टस् लगायतका उपकरण राखिएका छन् । चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा १५ अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ । उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।

यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन् ।
प्रकाशित समय २१:४० बजे





















