MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । ५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन् ।

शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउने साथ उनलाई मृत घोषणा गरिएको हो । रौतहटको गौर स्थायी घर भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए ।
विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो । उनको आजै दिउसो पशुपतिमा अन्त्येष्ठि गर्ने तयारी छ । मुक्ति संगठनका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माका एक छोरा, छोरी र श्रीमती छन् ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु