1100×100 Nabil Advert

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

काठमाडौं । चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्राण्डका मोबाइल फोनहरू प्रयोग नगर्न निर्देशन दिएको छ ।
चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिंदै गर्दा यो कदम चालेको हो ।

चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्राण्डका उपकरणहरू मार्फत् देशको सीमा बाहिर लैजान चाहदैंन । उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ । चीनले विदेशी ब्राण्डका फोनमार्फत् जासुसी गर्न सकिने ठानेको छ ।

चिनियाँ सरकारले चालेको कदमका कारण चीनमा रहेका एप्पललगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्छ । एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्राण्ड हो ।

 

प्रकाशित समय ११:०३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु