1100×100 Nabil Advert

हाम्रा छोरीचेली इज्जत हुन्, बेचविखन नगरौं भन्ने आवाज सर्वत्र उठ्नुपर्छ : अध्यक्ष कोइराला

काठमाडौं । माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले छोरीचेलीहरू परिवार र देशको इज्जत भएकाले बेचविखन विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित मानव बेचविखन विरुद्धको १७ औं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचविखन विरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने धारणा राखिन ।

‘हाम्रा छोरी हाम्रो इज्जत हुन्, बेचविखन नगरौं भनेर आवाज उठाउन नसकेर यस्तो अवस्था आएको हो । यदी हामीले एकताबद्ध भएर निरन्तर आवाज उठाएनौं भने बेचविखनको अन्त्य गर्छौं भन्न मिल्दैन । यसलाई केही हदसम्म कम गर्न सकिएला तर अन्त्य गर्न सक्दैनौं ।’ उनले तस्करी पनि धेरै तरिकाले हुने गरेको र विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि यो समस्या रुपमा खडा भईरहेको बताएकी छन् ।

 

प्रकाशित समय ११:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु