आइएमई पे मार्फत् पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै सार्वजनिक गरेको विकेट टु विन नामक अभियान अन्तर्गत अर्कोनयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे मार्फत् गर्दा रु. १०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा इन्टरनेट प्रोमो कोड राख्नु पर्ने छ । अफर अन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउनु हुनेछ । ‘आइएमई पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवद्र्धित सेवाहरूको माध्यमबाट क्यास (लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।
आइएमई पे को बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली (२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत् सेवाग्राही आफंैले अथवा एजेन्टहरुको मार्फत् विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल् ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
प्रकाशित समय १०:४७ बजे





















