1100×100 Nabil Advert

अर्थतन्त्र सुधारका लागि सरकारले ठोस कदम नचाले आन्दोलनमा उत्रने महासंघको चेतावनी

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले, अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचाले आन्दोलन थाल्ने चेतावनी दिएको छ । आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले, राज्यले अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोष कदम नचाले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको हो ।

महासंघका महासचिव भगिरथ सपकोटाले, देशको अर्थतन्त्र चलायमान बनाएर मुलुकलाई अहिलेको जटिल परिस्थितीबाट निकास दिन नसकेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । उनले भने, ‘मुलुकलाई अहिलेको जटिल परिस्थितीबाट निकास दिन नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलगायत राज्यका सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउदै उद्योग व्यवसाय र अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोस कदम नचाले हामीले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रमसहित आन्दोलन गर्ने छौं ।’

अहिलको व्यवसायीमैत्री नीति नियम बनाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा अझै झटिलो र अव्यवहारीक कर नीतिहरु अबलम्बन गर्दा अनौपचारिक अर्थतन्त्र मौलाउन पुगेको उनको आरोप छ ।

प्रकाशित समय १७:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु