1100×100 Nabil Advert

गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा शुभकामना प्रदान गरेका छन् । बिहबिार एक विज्ञप्ति जारि गर्दे उनले सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ ।

जाति, भाषा र पर्वहरूको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दछन् । यो हामी सबै नेपालीहरूका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय हो ।

प्रकाशित समय १३:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु