1100×100 Nabil Advert

नेपाली क्रिकेट टोलीलाई मेयर बालेनको हौसला

काठमाडौं । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् । उनले समाजिक संञ्जालमार्फत उनले बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रीय खेलाडि, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन,भन्दै एसिया कप क्रिकेटमा नेपाली टोलीलाई हौसला प्रदान गरेका हुन् ।

उनले लेखेका छन्,एकपल्ट नेपालका सर्वकालिक खेलाडि पारस खडकाज्युसँग कुरा भएको थियो मेरो । उहाँ भन्नु हुन्थ्यो, ’२००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउथ्यो हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ । अहिले एसोसिएट देशहरुमा हाम्रो अवस्था फरक छ ।

हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भने जस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडिका तिव्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजम जस्ता खेलाडिलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडिहरुलाई सुरुवातमा केहि धक रहे जस्तो देखियो । तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोग्यौँ । त्यो सिकाइले हामी भारतसँग खेल्न केहि सहज बनाउनेछ । अझै यस्तै विश्वस्तरिय टिम र खेलाडिहरुसँगको सिकाइले केही बर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत,पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ ।

बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रीय खेलाडि, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन ।

 

प्रकाशित समय १३:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु