1100×100 Nabil Advert

शुक्रबार काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदाको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यही भदौ १५ गते शुक्रबार गाईजात्रा (सापारु) र रोपाइँ जात्रा समेत मनाइने भएकोले महानगरपालिकाले महानगर भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरले महानगरपालिकाको मौलिक अमूर्त सम्पदा संरक्षणको गर्न भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरेको छ ।

प्रकाशित समय २०:४७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु