हिमालयन बैंकको मोबाइल फोन हातमा अफर
काठमाडौं । हिमालयन बैंकले कनेक्ट आइपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग हाई–एमबी एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।
सो अफर भाद्र १ गते देखि भाद्र ३१ गतेसम्म लागू हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।
फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । हाई–एमबीको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच कनेक्ट आइपीएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत रु. १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैकिङ्गमार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन रु. दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको हाई–एमबी एपमा हाल १ लाख ७० हजारभन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् ।
प्रकाशित समय १५:२४ बजे





















