1100×100 Nabil Advert

पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध

काठमाडौं । ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । निरन्तर परेको पानीपछि मकवानपुर र ललितपुरको सिमानास्थित कान्तिलोकपथको भट्टेडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ । मौसम सुधार भएमा अपराह्नसम्ममा पहिरो पन्छाइने मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित समय १०:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु