एसिया कप क्रिकेटमा सहभागि क्रिकेट टोलीलाई राष्ट्रपतिको विदाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले, एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेका छन् । मंगलबार टोली पाकिस्तान जानु अघि राष्ट्रपति भवन शीतल निवासमा बोलाएर क्रिकेट टोलीमा संलग्न खेलाडी र प्रशिक्षकलगायतलाई शुभकामना दिँदै पौडेलले विदाई तथा सफलताको कामना व्यक्त गरे ।

‘विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय हो । उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईहरूको अहोरात्रको मेहनेत र परिश्रम सफल होस् ।’उनले भने ।
अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन योगदान दिने बताएका पौडेलले क्रिकेटको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माणलाई तिव्रता दिनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको छ । यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तिव्रता दिनुपर्दछ भन्ने मलाई लाग्दछ ।’ भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न आज त्यसतर्फ नेपाली क्रिकेट टोली प्रस्थान गर्दै छन् ।

प्रकाशित समय १७:४७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु