1100×100 Nabil Advert

नारायणगढ-मुग्लिन अवरुद्ध, सुचारु हुन समय लाग्ने

landslide

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने भएको छ । सोमबार राति करिब ८ बजेतिर इच्छाकामना गाउँपालिका-६ नाम्सी पुल नजिकै पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको छ । राति देखि नै पहिरो पन्छाउन सुरु गरिएपनि थप पहिरो नखसे अझै ४ घण्टा लाग्न सक्ने जनाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन कार्यालय र प्रहरीले अनुरोध गरेको छ ।

सडक डिभिजनले मंगलबार आफ्नो फेसबुक पेजमा सूचना राख्दै पूर्ण रूपमा पहिरो पन्छाउन अझै समय लाग्ने भएकोले सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित समय ०८:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु