1100×100 Nabil Advert

नर्भिकले भित्र्यायो थप ३ अनुभवी चिकित्सकलाई, कसरी लिने सेवा

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको हो । नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ ।

सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्यूरोलोजिष्ट डा.निरञ्जन आचार्य, कन्सलट्यान्ट न्यूरोसर्जन डा.पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिष्ट डा.पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ । डा.आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७:३० बजेदेखि ९ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्नेछन् ।

यस्तै, डा.कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७:३० बजेदेखि ८:४५ सम्म नर्भिकमा ओपिडी हुनेछ भने डा.भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान ७:४५ देखि ८:४५ बजेसम्म नर्भिकको ओपिडीमा उपलब्ध हुनेछन् । थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

 

प्रकाशित समय १०:४३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु