1100×100 Nabil Advert

स्मृति दिवस मनाउँन दोरम्बा गए प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  रामेछापको दोरम्बा गएका छन् । दोरम्बा स्मृति दिवस र पार्टीका अन्य गतिविधिमा सरिक हुन दाहाल रामेछाप गएको उनको सचिवालयले जनाएको छ । तत्कालीन सरकार र नेकपा (माओवादी)बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो। दोस्रो युद्धविरामकै समयमा साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो ।

सोहि दिनको सम्झनामा नेकपा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ । प्रधानमन्त्री दाहालले दोरम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर जिल्लाका अन्य राजनीतिक गतिविधिमा पनि सरिक हुने बताइएको छ ।

प्रकाशित समय ११:५८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु