1100×100 Nabil Advert

राम्रो कार्य भइरहेको बेला देशमा नकारात्मक कुरा हावी भयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले देशमा राम्रो काम भईरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताए ।

उनले भने ‘यो देशमा यसै पनि नकारात्मक कुराहरु लोकप्रिय हुन्छ । गम्भीर काम भईरहेको छ सिरियस कुरा भईरहेको छ । त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनु पर्छ । अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भईरहको र सबैले सकारात्मक बनेर अघि बढ्नु पर्ने बताए ।
ट्याक्सको बाटोमा नआएकाहरुलाई ट्रयाकमा ल्याउनु पर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने पनि उनको भनाइ छ ।

प्रकाशित समय १२:१५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु