1100×100 Nabil Advert

नक्कली शैक्षिक प्रमाणपत्र धमाधम डाक्टर पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा धमाधम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डक्टरहरू पक्राउ गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मालाई बिहीबार पक्राउ गरेको सीआईबीले मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि गिरफ्तार गरेको छ । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।

बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा मोरङ–३ बाट निर्वाचित सांसद शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरीका साथै रामबाबु यादव र एरिना शाह पन पक्राउ परेका छन् । ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् ।

प्रकाशित समय १३:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु