MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

वैदेशिक रोजगारीमा ठगी नियन्त्रणको प्रयास भइरहेको छ : श्रम सचिव भण्डारीे

काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले आन्तरिक श्रम कमजोर अवस्था रहेको बताएका छन् । मन्त्रालयद्वारा आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँगको छलफल’ कार्यक्रममा उनले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको दाबी गरे ।

उनले सही सूचनाको प्रवाह, ठगी नियन्त्रणलगायतका विषयबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताए । सचिव भण्डारीले भने, ‘हाम्रो सारा ध्याउन्न चै वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउने विकास गर्ने भन्नेमा मात्र छ । आन्तरिक श्रमको चाहिँ कमजोर अवस्था छ । त्यसमा पनि वैदशिक रोजगारको कामलाई स्थानीयकरण गर्नुपर्छ भनेर पनि जिम्मा लिएका छौं हामीले, त्यसैले अलि धेरै लोडका साथ काम गरिरहेका छौं ।’ त्यस्तै उनले वैदेशिक रोजगारीमा नपठाई नहुने अवस्था रहेको भन्दै उनले त्यसलाई पनि व्यवस्थित गर्ने काम भइरहेको बताए ।

‘वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन । यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ’ सचिव भण्डारीले भने । मन्त्रालयले आगामी कार्यदिशामा तालिमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवा प्रदायक संस्थालगायतका व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणीकरण, सूचना सम्प्रेषणमा एकरूपता ल्याउनेलगायतका विषयमा सरकार गम्भीर रहेको जनाएको छ ।

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु