1100×100 Nabil Advert

रोयल्टी बुझाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चार प्राधिकरणको कडा निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई रोयल्टी रकम बुझाउन कडा निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशन गर्दै अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूरसञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूरसञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको हो ।

इन्टरनेट सेवाप्रदायक कम्पनीले रोयल्टी बापतको रकम २०७९ पुस मसान्तभित्र बुझाउनुपर्ने थियो । तर प्राधिकरणको आग्रहलाई उनीहरुले वेवास्ता गरेपछि सूचना नै प्रकाशित गरेर शुल्क बुझाउन निर्देशन दिएको छ । शुल्क नबुजाएमा हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

यस्तो छ सूची :

प्रकाशित समय १०:४३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु