ललितपुर महानगरपालिकाद्वारा एसईईमा उत्कृष्ठ अंक ल्याउनेलाई नगदसहित सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकाले माध्यमिक विद्यालय परीक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । मंगलवार महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उत्कृष्ठ अंक ल्याउने ८ विद्यालयलाई प्रति विद्यालय चार लाख र ती विद्यालयका १४ जना विद्यार्थीलाई जनही दुई लाखका दरले सम्मानित गरेका हुन् ।

जेम्स, सेन्टमेरिज, नाईटिङ्गेल, डिएभी, लिटल एन्जेल्स र ब्राईट फ्यूचर स्कुलले उत्कृष्ट अंक ल्याएकोमा सम्मान पाएका छन् । सम्मान तथा पुरस्कार समारोहलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफ्नो दोस्रो पटकको चुनावको जीतको खुशीको उत्सव महानगरपालिकाबाट जीपीए ४ ल्याएका विद्यार्थीहरुसँग मनाएको बताए ।

आफ्नो वायोग्राफी लेखियो भने यो अंशको लागि एउटा छुट्टै च्याप्टर बनाउने उनको भनाई छ । उनले भने, ‘दोस्रो पटकको चुनावको मेरो नतिजा आउँदा जति खुसी भएको थिए ललितपुर महानगरपालिकाबाट जीपीए ४ ल्याउने १४ जना विद्यार्थी निस्किए भन्दा त्यो बेलाको खुसी विर्सिएर यता उत्सव मनाउँन थाले यो मेरो जिन्दगीमा वायोग्राफी लेखीयो भने यो अशंको लागि एउटा छुट्टै च्याप्टर राख्छु ।’ साथै, उनले शिक्षाको विश्लेषणमा सक्रियतापूर्वक अगाडी बढ्नुपर्ने धारणा राखे ।

 

प्रकाशित समय १७:३२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु