1100×100 Nabil Advert

नीतिगत दर घट्यो : ६.५ प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आईतबार वेबसाइटमार्फत् सार्वजनिक गरिएको मौद्रिक नीतिले ७ प्रतिशत रहँदै आएका नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको हो ।

नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत् लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ । त्यस्तै हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै सार्वजनिक मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाएर २ करोड  पु र्‍ याएको छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

प्रकाशित समय १६:१३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु