1100×100 Nabil Advert

महत्वपूर्ण, आवश्यक र औचित्यपूर्ण निर्देशन पनि सरकारले कार्यान्वयन नगरेको सुनुवाई समितिको गुनासो

काठमाडौं । संसदीय सुनुवाई समितिका सभापति दिल कुमारी रावलले संसदीय सुनुवाई समितिले सरकारलाई लिएका महत्वपूर्ण र आवश्वक निर्देशनमा पनि सरकारले कार्यान्वयन नगरेको गुनासो गरेकी छिन् ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकको निर्णय सुनाउँदै समितिका सभापति रावलले मिनि संसद्ले दिएको महत्वपूर्ण र आवश्यक निर्देशनको पालना गर्न सरकारले अटेर गरेको निष्कर्ष समितिले निकालेको बताईन् ।

उनले भनिन्, ‘हामी आफ्नो कार्यक्षेत्रभित्र रहेर संसदीय समितिलाई कसरी प्रभावकारी बनाउने र हामीले सम्बन्धित पक्षलाई दिएको निर्देशन कसरी फगत निर्देशनमै सिमित नहोस भनेर दिएका निर्देशन कार्यान्वयनमा जाओस् भन्ने एकदमै चासो र सरोकार हो हाम्रो त्यसमा हामीले दिएको निर्देशनको अनुगमन पनि गर्‍यौ, आवश्यक र औचित्यपूर्ण निर्देशनलाई पनि सरकारले कार्यान्वयन गरेन भन्ने निष्कर्ष समितिको छ ।’

त्यस्तै उनले आजको छलफलमा पनि सरकारलाई समितिप्रति जिम्मेवार र उत्तरदायी बनाउन के–कसरी भूमिका खेल्ने भन्ने लगायतका विषय सँगै समितिलाई पनि कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा छलफल भएको बताइन् ।

संसदीय समितिको बैठकमा समितिको साशन आदेश र अन्तराष्ट्रिय अभ्यासबारेमा पनि छलफल भएको र अन्य बैठकमा पनि समितिले उक्त विषयलाई बहसमा ल्याउनुपर्ने आवश्यकता महसुश गरेको सभापति रावलले बताइन् ।

प्रकाशित समय १६:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु