1100×100 Nabil Advert

एसीसी इमर्जिङ टिम्स एसिया कप : अन्तिम खेलमा नेपालले युएई एलाई हरायो

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्र्तगतको आफ्नो अन्तिम खेलमा नेपालले युएई एलाई पराजित गरेको छ । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले पि सारा ओभल कोलोम्बोमा युएई एलाई ३ विकेटले पराजित गरेको हो ।

 

कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा र देव खनालले समान २४/२४ रन बनाए । युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए । नेपालले सान्त्वना जित हात पारेको छ । युएई जितबिहिन रहेर प्रतियोगिताबाट घर फर्किएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ ।

प्रकाशित समय १६:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु