V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सीता दाहालको निधनप्रति पार्टीको झण्डा दुई दिनसम्म आधा झुकाउने

काठमाडौं । नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि देशभरका माओवादी केन्द्र सबै पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार भोलि जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ ।

आज बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया सीता दाहालको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने महासचिव गुरुङले बताए । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएकी सीताको उपचारकै क्रममा निधन भएको थियो ।

 

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010