1100×100 Nabil Advert

भक्तपुरमा १५० शैयाको अस्पताल निर्माण गर्न कोरियाले १ अर्ब २५ करोडबढी सहयोग गर्ने

काठमाडौं । भक्तपुरको ठिमीमा, १ सय ५० शैयाको अस्पताल स्थापना गर्न दक्षिण कोरियाले एक अर्ब २५ करोडबढी सहयोग गर्ने भएको छ । अर्थमन्त्रालयमा एक कार्यक्रमका बीच अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाली राजदूत पार्क ते योङले सहयोग सम्बन्धि सम्झौतामा पत्रमा हस्ताक्षर गरे ।

चिकित्सा सेवाको पहुँच विस्तार र क्षमता अभिवृद्धि गर्ने हेतुले नेपालमा चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि सहयोग सम्बन्धि सहमती पत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको हो । नेपालको स्वास्थ्य, विश्व व्यापी मापदण्ड अनुरुप विकास गर्न दक्षिण कोरीयाले अस्पताल निर्माणसँगै स्वास्थ्य क्षेत्रको विकासका लागि ९.५ अमेरिकी डलर दिने गरेको हो । जसको नेपाली रुपान्तरण १ अर्ब, २५ करोड, २६ लाख, ७ हजार बढी रकम हुन आउँछ ।

कोरियाले उपलब्ध गराएको सहयोग भक्तपुरस्थित कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्माण गर्नुका साथै आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउनेदेखि अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकासमा खर्च हुने बताइएको छ ।

गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न एवम् सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोरिया इन्टरनेशनल कर्पाेरेशन एजेन्सी कोइका मार्फत् रकम उपलब्ध गराइने यो परियोजना पाँच वर्ष (२०२७) सम्ममा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका मध्यपुरथिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछन् ।

प्रकाशित समय १२:४८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु