पल शाहको आक्रोश : निधारमा म बलात्कारी हुँ लेख्नु पर्ने हो
काठमाडौं । नायक पल शाहले अदालतबाट सफाई पाए पनि आफुमाथि बलात्कारीको ट्याग कायमै रहेको भन्दै दुःख व्यक्त गरेका छन् । टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ मा कुरा गर्दै नायक शाहले अहिले पनि आफुलाई हेर्ने समाजको नजर परिर्वतन नभएको गुनासो गरेका हुन् । सामाजिक सञ्जालमा आफुविरुद्ध आक्रमण जारी रहेको जनाउँदै शाहले भने, ‘म बलात्कारी हुँ’ लेखेर हिंड्नु पर्ने हो ?’
कानूनी रुपमा आफुले सफाइ पाए पनि समाजिकरुपमा जीवन जिउन निकै कठिन भइरहेको पनि नायक शाले बताए । म के गरौं, कसरी बाचौं, कसरी हिँडौं, कसरी बोलौं, कसरी खाउँ, कसरी लाउँ भन्ने प्रश्न गर्दै उनले थपे, ‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौं कि, खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौं ?’
आफु माथि लागेको मुद्दालाई मानविय जीवनमा आउने उचार चढावका रुपमा स्मरण गरे । विधि र कानूनअनुसार बाच्ने अधिकार सबैलाई भएको जनाउँदै नायक शाहले भने, ‘म अहिले समान्य जीवन जिउन खोजी रहेको छु । तर, मेरो विरोध मात्र भइरहेको छ । आफ्नो कुरा पनि राख्न पाएको छैन । यस्तो पनि हुन्छ ?’
अदालतबाट ‘सफाई’ पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौ कि दुःख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौं भन्ने प्रश्न पनि शाहले गरे ।
प्रकाशित समय १२:३७ बजे





















