एघार महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

काठमाडौं । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष (आव) २०७९/०८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार, जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो । त्यस्तै, यो आवको जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५९ हजार ४ सय १५ जना पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या ४६.६ प्रतिशतले बढेको हो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशत रहेको संख्या बढेर अहिले २ लाख ६० हजार २६२ जना पुगेको छ ।
प्रकाशित समय १५:२१ बजे