नेपालको शैक्षिक गुणस्तर सुधार्न आवश्यक : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सरकारलाई सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न तथा विद्यार्थी पलायनको अवस्थालाई रोक्न चुनौतिपूर्ण भएको बताएका छन् ।
नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी शैक्षिक प्रणालीको र शैक्षिक गुणस्तर सुधार सरकारका लागि चुनौतिको विषय बन्दै गएको बताए ।
उनले भने, ‘हामीले हाम्रो शैक्षिक गुणस्तरलाई विकास गर्नुपर्ने आवश्यकता छ । खास गरेर सार्वजनिक क्षेत्रको चाहे सरकारले सञ्चालन गरेको विद्याालय, कलेज होस या अर्धसरकारी स्कूल क्याम्पस होस् । यसको गुणस्तर बढाउने चुनौति छ ।’
उनले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि आवश्यक रहेको भन्दै सरकारले सिमित क्षमताबाट तत्काल स्रोत व्यवस्थापन गर्न नसक्ने तर, भएका स्रोत साधनलाई थप जागरुक र क्रियाशील बनाउँदै लैजान सके शैक्षिक गुणस्तरमा सुधार आउने धारणा राखे । ‘सार्वजनिक शिक्षाको गुणस्तर कसरी बढाउने त्यसको दुईवटा उपाए छ । एउटा रिसोर्स थप्नुप¥यो, अर्को मानव संसाधन र सपोर्ट सिस्टमलाई जागरुता, सर्मपण र क्रियाशीलता बढाएर त्यसको गुणस्तरमाथि बढाउनुपर्छ’, महतले भने ।
उनले सरकारले आफ्ने क्षमताले भ्याएसम्म सार्वजनिक शिक्षाको गुणस्तर विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । महतले सरकारले खर्च गर्ने बजेटको तरिका प्राथमिकताको आधारमा भन्दा पनि जथाभावि भएकाले आवश्यक क्षेत्रमा बजेट जान नसकेको बताए ।
प्रकाशित समय १३:३३ बजे