1100×100 Nabil Advert

इमर्जिङ कपमा नेपाल समूह बी पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीका नियमीत सदस्य आरिफ शेख नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै आरिफले नखेल्ने जनाएका हुन् । उनको सट्टामा पवन सर्राफलाई राष्ट्रिय टोलीमा समावेश गरिएको छ । पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका हुन् ।

 

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, अर्जुन साउद, सोमपाल कामी, देव खनाल, भीम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल छन् । इमर्जिङ टिम्स कपको लागि क्यानले आजै नेपाली टोलीलाई बिदाइ गरेको छ । बिहीबारदेखि हुने इमर्जिङ कपमा नेपाल समूह बी मा छ । नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ ।

प्रकाशित समय ११:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु