V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

शिक्षा र स्वास्थ्य सँगसँगै लानुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य मन्त्री मोहन बस्नेतले उपचारको अभावमा अस्पतालमै आत्महत्या गर्नुपर्ने बाध्यताप्रति दुःख ब्यक्त गरेका छन् । ललितपुरमा डाक्टर भोला रिजालद्वारा लिखित पुस्तक ‘सेतो कोट’ पुस्तक सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने तर्क गरे । उनले भने ‘शिक्षा र स्वास्थ्य सँगसँगै लानुपर्छ । यो साच्चिकै राज्यले ग्यारेन्टि गर्नुपर्छ । तर विडम्वना अस्पतालका बरण्डाहरुमा पैसा नभएका कारण उपचार गर्न नसकेका कारण कोही बरण्डाबाट खसेर आत्महत्या गरेका छन् । कसैले अस्पताल छोडेर गएर घरमा मृत्युवरण गरेका छन् । हामी राज्य टुलुटुलु हेरेर बसेका छौं । यो उचित भएन ।’

अब कम्तिमा संविधानले व्यवस्था गरेका कुराहरुको ग्यारेन्टिका लागि आफूले सक्दो प्रयास गर्ने उनको भनाई छ । त्यस्तै कार्यक्रममा विश्लेषक डाक्टर सुरेन्द्र केसीले सेतो कोट सेरेमोनी राख्ने व्यवस्था गर्न माग समेत गरेका छन् । त्यस्तै नायक निखिल उपे्रतीले डाक्टर हुनका लागि विरामीको भावना बुझ्न सक्ने क्षमता हुनुपर्ने बताए । उनले मेडिकल उपनिशद नै लेखिएको र किताबमार्फत नयाँ बच्चा जम्माएको भन्दै डाक्टर रिजालको प्रशंसा गरे । डाक्टर भोला रिजालले नेपालका विद्यार्थीले नेपालमै मेडिकल शिक्षा प्राप्त गर्नसक्ने अवस्था नरहेको भन्दै दुख व्यक्त गरे ।

उनले यो किताब आफ्नो मात्रै नभई देशको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न अनुभवहरु समेटिएको जानकारी दिए । ९ हजार विरामी अप्रेसन गर्न नपाएर पेन्डिङ लिष्टमा हुनु दुखद भएको उनको भनाई छ । ‘भोलि फेरी कहाँ म पुगौला, मर्नु पर्छ भन्ने मलाई पनि थाहा छ ।’ उनले भने आफूले सिकेको कुरा हस्तान्तण गर्न खोजेको उनको भनाई छ ।

प्रकाशित समय २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010