V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

तीन पटक समय थप्दा पनि सडक बनेन

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारी गाउँमा सडक निर्माणमा ढिलाई हुँदा स्थानीयलाई सास्ती खेप्नुपरेको छ । ठेक्का लिएको कम्पनीले सडक निर्माणमा ढिलाई गर्दा स्थानीयले सास्ती खेप्नु परेको हो । लामो समयसम्म पनि सडक निर्माणमा ठेकेदार कम्पनीले सडक निर्माणमा आनाकानी गर्दा स्थानीयलाई हिंड्डुल गर्न गाह्रो भएको स्थानीयको गुनासो छ । सडक निर्माणको लागि ठेक्का पाएको बिएलएल निर्माण कम्पनीले ३ पटक समय थप्दा पनि सडक निर्माणको कार्य पूरा गर्न नसकेको स्थानीय दीपक थारुले बताए । उनले भने ‘ठेक्का पाएको कम्पनीको लापरवाहीले गर्दा हामीलाई एकदम सास्ती खेप्नुपरेको छ, समय थपेको थप्यै छ हामी जस्तो सोझा सीधा जनतालाई भने बाटोमा हिडडुल गर्न, उपचार तथा सवारीसाधन चलाउन एकदम गाह्रो भैरहेको छ ।’

३ वर्ष पहिले नै सडक निर्माणको कार्य सम्पन्न हुनुपर्ने हो तर ठेकेदार र स्थानीय पालिको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको स्थानीय राधेश्याम थारुको आरोप छ । वडाको बजेटबाट निर्माण हुन लागेको सडक ठेकेदार कम्पनीले वास्ता नगर्दा आम जनतालाई दुःख खेप्नु परेको उनको गुनासो छ । विरामी पर्दा एम्बुलेन्स आउन नसक्ने स्थिति रहेको उल्लेख गर्दै उनले भने, उपचार गर्न वा अटोरिक्सा चल्न र हिड्न सक्दैन बल्ल बल्ल मोटरसाइकल गुड्छ, मोटरसाइकल र साइकलमा कतिपटक मेरै आँखा अगाडि मान्छे लडेको देखेछु, चोटपटक लागेर विरामी समेत भएका छन् यसको जिम्मा कस्ले लिने ?’

स्थानीय तहका जनप्रतिनिधिलाई खबर गर्दा अहिले आउने र कामको प्रक्रिया अगाडि बढाउने भन्ने गरे पनि कार्यन्वयन नगर्ने गुनासो स्थानीय भरत कुमार थारुको छ । छिटो सडक निर्माणका लागि पालिकामा डेलिगेशन गयो तर पनि सुनवाई नभएको पनि भरतले बताए । उनले भने ‘पालिकाले ३ दिनभित्र काम अगाडि बढाउने आश्वासन दियो तर कार्यन्वयन गर्न सकेन, काम गरेजस्तो गर्ने तर एकछिन मै भाग्ने गरेका छन्, ४५० मिटर सडक निर्माण गर्न ३ बर्ष बढि समय लाग्यो अझ बनेन स्थानीयलाई सास्ती कहिलेसम्म स्थानीयले गुनासो गर्ने ।’

स्थानीय निवर्तमान जनप्रतिनिधि वडा सदस्य गोपाल थारुले ३ बर्षमा ३ पटक समय थप्दा पनि निर्माण कार्य अपुरो भएको र खाली जनतालाई आँखामा छारो हाल्ने जस्तै कार्य मात्र भएको बताए । उनले भने ‘हाम्रो पालामा बजेट विनियोजन भयो अहिले हामी निवर्तमान भयौं, ठेकेदार कम्पनीले एकछिन डोजर लिएर काम गरेजस्तो गर्ने र भाग्ने गरेको छ, ३५ लाख बजेट रहेको सडक निर्माण अझै अपुरो छ, ३ बर्षमा ४५० मिटर बाटो कालोपत्रे हुनुपर्नेमा १ मिटर पनि कालो पत्रे बन्न सकेन, बर्खायाममा झनै हिड्न सकिन्न कहिलेसम्म यस्तो सास्ती बेहोर्नु पर्छ ।’

बैजनाथ गाउँपालिका वडा ७ पेडारीका वडाअध्यक्ष दिनेश थारुले भने ठेकेदारलाई सडक निर्माणको कामलाई छिटो अगाडि बढाउनुस भन्दा नसुने झै गरेको बताए । धेरै जसो निर्माण कम्पनीको जिम्मेवार व्यक्तिले फोन नउठाउने गरेको वडा अध्यक्ष उनको भनाइ छ । यता बिएलएल निर्माण कम्पनीका गोपाल आचार्य २०७७ जेठमा सम्झौता भएको सडक निर्माण बारे पालिकाले निर्णय नगर्दा ढिलाई भएको दावी गर्छन् ।

उनले भने ‘हामीले ग्राभेल हालेको ठाउँमा पालिकाले अर्को नाली निर्माणको सम्झौता ढिलाई गर्दा र नाली निर्माण गर्दा ग्राभेल हालेको ठाउँमा नाली निर्माण हुँदा समस्या बल्झिएको हो । तेश्रो पटकको सम्झौताको म्याद पनि २०८० असार १५ गते सकिएपनि काम अझै हुन सकेको छैन ।’

यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले भने ठेक्का पाएको कम्पनीबारे नियमसंगत कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढेको बताए । उनले भने ‘काम राम्रोसंग नगर्ने र ढिलाई गर्ने कम्पनीको लिस्ट तयार हुदैछ, कानूनअनुसार प्रक्रिया अगाडि बढेको छ अब त्यस्ता कम्पनीलाई कालो सूचीमा राख्ने पालिकाले निर्णय गरेको छ । पेडारीको सडकको लागि बारम्बार तोकता गर्दा पनि निर्माण कम्पनीले चासो नदिदा अव कालो सूचीमा राख्नु बाहेक अर्को विकल्प छैन ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010