संयुक्त राष्ट्र संघका उपमहासचिव ४ दिवसीय भ्रमणमा नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्र संघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स आज नेपाल आउँदै छन् । राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यसूचिमा रहेको छ । यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम पनि रहेको छ ।
प्रकाशित समय ११:३२ बजे