V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

न्यायको दियो बलेकोजस्तो लागेको छ : लेलिन विष्ट

काठमाडौं । अयोग्य बाल लडाकु लेलिन विष्टले सर्वोच्च अदालतले अग्राधिकार दिएर मुद्दामा कारण देखाउ आदेश जारी गरेपछि आफूलाई न्यायको दियो बलेको महसुस भएको बताएका छन् । द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई विपक्षी बनाएर सशस्त्र युद्धका दौरान बाल सेना प्रयोग र युद्ध अपराधको गरेको जिकिर गर्दै दायर मुद्दामा सर्वोच्चले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो ।

मुद्दालाई अग्राधिकार दिन समेत आदेश भएपछि रिट निवदेक लेलिन विष्टले अदालतबाट न्याय दिने हिसाबमा नै फैसला हुने आशा व्यक्त गरे । उनले भने ‘न्यायको दियो बलेको जस्तो लागेको छ किनभने अग्राधिकार दिनु भनेको यो मुद्दालाई विशेष रुपमा टुङ्गो लगाउनु पर्छ भन्ने हो, आज अदालतले नेपालमै हल गर्नुपर्छ भनेर निर्णय गरेको छ, यसलाई सकारात्मक रुपमा हामीले लिएका छौ । हाम्रो मागमा बाल सेना प्रयोग र युद्ध अपराधको विषयलाई प्राथमिकतामा राखिएको छ, अर्को कुरा हाम्रो दीर्घकालीन व्यवस्थापन र भविष्यमा युद्धमा बालबालिका प्रयोग नहुने र राजनीतिक हिंसामा बालबालिकाको प्रयोग गर्न कसरी रोक्ने भनेर माग गरेका छौ ।’ रिट निवेदक विष्टले मुद्दाको विषयमा जनचासो बढेको र अन्तर्राष्ट्रिय समुदायबाट समेत चासो देखाइएको बताए ।

प्रकाशित समय ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010