बजेटमा रहेका केही पुराना प्रवृतिलाई रोक्न सकिन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा रहेका केही पुराना प्रवृति आफूले रोक्न नसकेको स्वीकार गरेका छन् । बजेटमाथि राष्ट्रिय सभामा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री महतले कनिका छर्ने पुरानो चलनलाई आफूले बजेटमा नै स्वीकार गरेको बताएका छन् ।
उनले भने ‘कनिका छरेको जस्तो गरी पैसा राख्ने, विनियोजन गर्ने प्रवृत्ति छ । त्यसलाई मैले बजेटमै स्वीकार गरेको छु । यसपाला पनि त्यसलाई पूर्णरुपमा सम्बोधन गर्न सकेका छैनौं । केन्द्र सरकारले महत्वपूर्ण आयोजनामा एउटा साइजको आयोजनामा केन्द्रित हुन सकौं भनेर चाहेकै हो । तथापि अहिले पनि जनताहरु यहीं आइपुगे । त्यो प्रवृति रोकिएको छैन । यहाँँकोले पुगेन, वडाअध्यक्षहरु आइराख्नु भएको छ । मेरो वडामा यतिले पुग्दै पुगेन के हुन्छ र यहाँबाट राखिदिन प र्यो भनेर ।’
चाहे स्थानीय तहलाई होस चाहे प्रदेशहरुलाई दिन जुन विनियोजन भएको त्यो विनियोजन सुनिश्चित होस् र सानो सानो आयोजनामा खर्च वितरण गर्न नपरोस् भन्ने चाहना हुँदा हुँदै पनि त्यसलाई पूर्णत सम्बोधन गर्न नसकेको उनको स्वीकारोक्ति छ । उनले मन्त्रीहरुले नै समेत साना आयोजनाहरुमा बजेट विनियोजनका लागि दबाव दिएको खुलासा पनि गरे ।
प्रकाशित समय १४:४० बजे