इमानद्वारा अन्तरदेशीय डिजिटल कारोबार प्रतिवेदन गभर्नरसमक्ष हस्तान्तरण

काठमाडौं । नेपाल आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले नेपाल राष्ट्र बैंकलाई अन्तर देशीय डिजिटल कारोबार सम्बन्धि अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार राष्ट्र बैंकको कार्यालयमा इमानले विशेष कार्यक्रम गर्दै गभर्नरलाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन बुझ्दै गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबारले इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई सहज हुने अपेक्षा लिएको बताए ।
‘हाम्रो बोर्डरमा इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई पे मेन्टको समस्या छ । नेपालबाट इन्डिया जाने विद्यार्थीहरुलाई, तीर्थ यात्रुहरुलाई अप्ठेरो थियो । त्यसमा अब यो अन्तर देशीय डिजिटल कारोबारले सहज पुग्ने छ । यसको लागि हामी थप हामेवर्क गर्नेछौं ।’
इमानको प्रतिवेदन बुझाउँदै अध्यक्ष रोयल आचार्यले भने– ‘आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले ‘रिसर्च’का कामहरु समेत गर्छ । देश तथा विदेशमा रहेका आर्थिक समस्याहरुका बारेमा गम्भीर भएर अध्ययन, अनुसन्धान गर्छ र प्रतिवेदनसमेत तयार गर्छ । आगामी दिनमा हामी अझै सक्रियतापूर्वक यस्ता कार्यहरु गर्नेछौं ।’
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा इमानका अध्यक्ष आचार्यसहित उपाध्यक्ष डिल्ली सापकोटा, महासचिव सुरज प्याकुरेल, उपमहासचिव रामेश्वर कार्की र सचिव टंक कार्कीको सहभागिता थियो ।
प्रकाशित समय २०:०६ बजे