भारतलाई नागरिकता विधेयक प्रमाणीकरणको उपहार

काठमाडौं । आजैदेखि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गर्दैछन् । आजै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राखेको विधेयक प्रमाणीकरण गरेका छन् । कतिपय बुँदाहरु राष्ट्र हित विपरितको रहेको निष्कर्ष निकाल्दै पूर्वराष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् । उता भारतले आफ्नो संसद् भवनमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगसहितका भूभाग समेटेको नक्सा राखेको छ । इतिहासमा कहिल्यै पनि भारतको नभएको नेपालको भूभाग कसरी अखण्ड भारत भन्दै नक्सामा राखियो ? अचम्मको विषय बनेको छ ।
जहिल्यै सत्ताको सौदाबाजीमा भारतको साथ माग्ने तथाकथित सत्ताभोगीहरुका कारणले भारतले यस्तो हेपाहा प्रवृत्ति देखाएको हो, यसको सरकारले तुरुन्तै विरोध गरेर त्यो नक्सा हटाउन पहल गर्नुपर्नेमा उल्टै नागरिकता विधेयक प्रमाणीकरणको उपहार लिएर जानु अत्यन्तै दुःखद हो । यिनीहरुबाट देशको सुरक्षा हुन्छ भन्ने विश्वास गर्नु नेपाल र नेपालीको दुर्भाग्य हो ।
प्रकाशित समय १२:०४ बजे